अश्विनीलाई ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ | Khabarhub Khabarhub

अश्विनीलाई ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका पेजेन्ट कोरियोग्रोफर अश्विनीकान्त झा ‘ राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’बाट सम्मानित भएका छन् । रिबन इन्टरटेन्मेन्टको ७ औं वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनलाई गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सिइओ तथा निर्देशक निशुकान्त झाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

विगत लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रुपमा अनवरत आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका झाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गरेका छन् । फेशन डिजाइनर काउन्सिल अफ नेपालका सल्लाहकारसमेत रहेका कोरियोग्राफर अश्विनी वर्तमान समयमा नेपालका एकदमै चर्चित, व्यस्त तथा सफल कोरियोग्राफरमा पर्दछन् ।

कोरियोग्राफर झा सम्मानित भएको उक्त विशेष समारोहमा चलचित्र, सङ्गीत, समाजसेवा, मनोरंजन, फेसन डिजाईन, पेजेन्ट लगायतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा सम्मानित गरिएको छ । कार्यक्रममा ६ दर्जन बढी स्रष्टालाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : २५ बजे

काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा)

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा

रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि, पाँच सय बढी प्रतिनिधि सहभागी हुने

चितवन– चितवनको सौराहामा शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र