हुण्डी कारोबारका आरोपी ३० लाखसहित पक्राउ « Khabarhub

हुण्डी कारोबारका आरोपी ३० लाखसहित पक्राउ


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद रु ३० लाख ७ हजारसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नं १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।

गौतमले हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा गौतमले हुण्डी कारोबारमा प्रयोग गरिएको उक्त नगद बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ६ : ५० बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली