दार्चुला तुइन प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन « Khabarhub

दार्चुला तुइन प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए ।

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री खाँणले स्थलगतरूपमा पुगेर तयार पारिएको प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आशावादी रहेको बताए । संवेदनशील विषयमा तयार पारिएको प्रतिवेदन आगामी दिनका लागि पनि मार्गदर्शन बन्ने मन्त्री खाँणको विश्वास थियो ।

प्रतिवेदनमा समेटिएका कतिपय सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने भएमा त्यसका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए । मन्त्री खाँणले तत्काल कार्यान्वयन गर्न भन्दै उक्त प्रतिवेदन गृहसचिव पाण्डेलाई हस्तान्तरण गरे ।

उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।

गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएकाले मन्त्रालयले समितिको म्याद तीनपटक थप गरेको थियो । यसअघि गएको साउन २५ तथा भदौ १ र ८ गते समितिको म्याद थप गरिएको थियो ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी नदीमा बेपत्ता भएका थिए । पीडितपक्ष तथा स्थानीयवासीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन् ।

दुर्घटना अनुसनधान प्रतिवेदन पनि बुझाइयो

नवलपरासी (पश्चिम)मा मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको गत साउन २५ गते भएको मृत्युबारे छानबिन गर्न गठित समितिले पनि आजै आफ्नो प्रतिवेदन बुझाएको छ ।

गत साउन २९ मा मन्त्रिस्तरीय निर्णयबाट सहसचिव सुनिल खनालको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरी सदस्य थिए। उक्त प्रतिवेदन पनि कार्यान्वयन गर्न मन्त्री खाँणले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ०१ बजे

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम