नेपालसँग खेल्नु अघि भारतीय कप्तानले भनेः नेपालसँग खेल्न सँधै कठिन हुन्छ | Khabarhub Khabarhub

नेपालसँग खेल्नु अघि भारतीय कप्तानले भनेः नेपालसँग खेल्न सँधै कठिन हुन्छ


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् । उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् ।

उनले आफूले यसअघि नेपालसँग खेल्दाका धेरै खेलाडी अहिले टिममा नरहे पनि को खेलाडी टिममा छन् भन्ने महत्वपूर्ण नहुने बताए । उनले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए । उनले नेपालले पछिल्ला दिनहरुमा राम्रो फुटबल खेलिरहेकोसमेत बताए ।

भारतीय टिमका मुख्य प्रशिक्षक स्टिमिकले पनि नेपाली टिमको प्रशंसा गरे । उनले नेपालले मैदानमा राम्रो प्रदर्शन गर्दै आएको भन्दै आफूहरुले सोही अनुसारको रणनीति बनाएको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १२ : ४० बजे

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गर्न समझदारी

काठमाडौं– लगानी बोर्ड र दक्षिण कोरियाली जि–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा

एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से 

काठमाडौं– शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन ।

अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन

ललितपुर- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको प्रणालीमा सुधार गर्न

भक्तपुर जिल्ला अदालतबाट आशिका तामाङले पाइन् सफाइ

भक्तपुर- जिल्ला अदालत सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई सफाइ