प्रदेश–२ प्रदेशसभाका १० जना सांसद लोसपामा खुले « Khabarhub

प्रदेश–२ प्रदेशसभाका १० जना सांसद लोसपामा खुले


१६ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर २ प्रदेशसभा जनता समाजवादीका १० जना सांसदले पार्टी त्याग गरेर नयाँ बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

प्रदेश २ निर्वाचन कार्यालयमा बुधबार १० जना सांसदले सनाखत गरेको लोसपाका नेता जितेन्द्र सोनारले जानकारी दिए । उनले डिसी नेपालसँग भने, ‘आज केही सांसदहरुले सनाखत गर्नु भयो, २२ गतेसम्म समय छ त्यसबेलासम्म अरु साथीहरुले पनि सनाखत गर्नु हुन्छ ।’

उनले पनि बुधबार सनाखत भने गरेका छैनन् । उनले खबरहबसँग भने, ‘म निर्वाचन कार्यालय पुगेर साथीहरुको सनाखत सुरु गराएर फर्के म अन्तिममा सनाखत गर्छु ।’

सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् ।

प्रदेश सभामा जसपाका ५४ जना सांसद थिए । अब ४४ जना भएका छन् । तीमध्ये पनि केही लोसपामा खुल्ने तयारीमा छन् ।
महन्थ ठाकुरको अगुवाइमा जसपा विभाजन भएर लोसपा गठन भएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ५ : ४० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल