'तपाईंको मास्क खोई ?’ अभियान : एकैदिन १० हजार ९१५ जनालाई मास्क वितरण | Khabarhub Khabarhub

‘तपाईंको मास्क खोई ?’ अभियान : एकैदिन १० हजार ९१५ जनालाई मास्क वितरण


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार ९ सय १५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ७१ हजार ६ सय २३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई ५ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ६ सय ३१ जनालाई सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ३० बजे

एमालेले भन्यो : ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौंलगायत देशभरि भएको

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी