बदलिँदो भूराजनीतिबीच चीनले पाकिस्तानमा लगानी वृद्धि गर्दै « Khabarhub

बदलिँदो भूराजनीतिबीच चीनले पाकिस्तानमा लगानी वृद्धि गर्दै


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंगटन- बदलिँदो भूराजनीतिको अबस्थाका बीच चीनले पाकिस्तानमा थप लगानी वृद्धि गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय अवस्था र प्रभावलाई मध्यनजर गर्दै पाकिस्तानको मनोबल  बढाउन चीनले थप लगानी वृद्धि गर्ने भएको फ्रान्टिअर पोष्टले जनाएको छ ।

चीन र पाकिस्तान दुबै मुलुकमा भ्रष्टाचारको घटना बढेपछि चीनले लगानी रोकेको केही समयपछि फेरि पाकिस्तनामा लगानी वृद्धि गर्ने भएको हो । चीनले पाकिस्तानमा लगानी र ऋण थप उपलब्ध गर्ने प्रस्ताब गरेको एक चिनियाँ स्रोतलाई उद्धृत गर्दै फ्रन्टिअर पोष्टले बताएको छ ।

यद्यपि पाकिस्तानले अमेरिकाविरुद्ध निडर नीति लिने अपेक्षाका कारण चीनले पाकिस्तानमा आर्थिक सहायता र लगानी बढाइरहेको छ । केही समयअघि पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीले अमेरिकालाई कुनै पनि नयाँ सैन्य आधार नदिने अभिव्यक्तिले चीनलाई सन्तुष्ट पार्न नसकेको बताइएको छ ।

विशेष गरी अफगानिस्तानबाट अमेरिकाले सेना फिर्ता गरेपछि अमेरिका र चीनसँग सन्तुलित सम्बन्ध राख्नेबारे पाकिस्तानले विचार गरिरहेको फ्रन्टिअर पोष्टले जनाएको छ ।

यसैबीच, अमेरिकाले सैन्य आधारका लागि पाकिस्तानसँग वार्ता गरिरहेको खुलासा भएको छ । अफगानिस्तानमा अमेरिकी मिसनलाई समर्थन गर्दै पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न दिने सहमति गरेको पनि एसिया टाईम्सले जनाएको छ ।

पाकिस्तानमा चीनको बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चीन पाकिस्तान आर्थिक कोरिडोरको अपूर्ण परियोजना तथा ऋणको विवाद भए पनि पाकिस्तानले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको छ ।

यद्यपि स्थानीय पाकिस्तानीहरुले भने चिनियाँ रणनीतिको विकास परियोजना अपारदर्शी, ऋणको फन्दा तथा आक्रामक कुटनीतिको रणनीति भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

स्रोत : टाईम्स अफ ईण्डीया

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : ४० बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको