काठमाडौँमै कांग्रेसको वडा अधिवेशन अनिश्चित « Khabarhub

काठमाडौँमै कांग्रेसको वडा अधिवेशन अनिश्चित


१७ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी छ । तर  राजधानी काठमाडौँलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन ।

हालसम्म पनि काठमाडौँलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने अनिश्चितता बढेको हो ।

निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा केही नभनेकाले पनि कार्यकर्तामा अनिश्चितता बढेको छ ।

निर्वाचन समिति संयोजक महादेव यादव पार्टी केन्द्रीय कार्यालयले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची दिएकाले सार्वजनिक गरिएको बताउँछन् ।

एक्काइस जिल्लाका क्रियाशील सदस्यताको सूची पार्टी कार्यालयबाट प्राप्त नभएकाले सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नभएका जिल्लामा राजधानी काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नं २ का आठवटै जिल्ला, डोल्पालगायत २१ जिल्ला छन् ।

क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर यही भदौ १८ गते वडा अधिवेशन गर्ने तयारी भएको समिति संयोजक यादवले जानकारी दिए ।

पार्टीले क्रियाशील सदस्यको सूची दिएको दुई घण्टामा सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने गरी तयारी गरेर बसेको पनि उनले सुनाए ।

निर्वाचन कार्यतालिकाअनुसार भदौ २७ गते पालिकास्तरीय अधिवेशनको कार्यक्रम छ । बाँकी २१ जिल्लाका वडामा त्यसअघिसम्म वडा अधिवेशन सक्ने गरी तयारी भइरहेको समितिले जनाएको छ ।

प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन सकी आगामी मङ्सिर दोस्रो साता १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १० : ४५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया