शौर्य सिमेन्टले शुरु गर्‍यो उत्पादन तथा बजारीकरण « Khabarhub

शौर्य सिमेन्टले शुरु गर्‍यो उत्पादन तथा बजारीकरण


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिमेन्टको प्रतिस्पर्धात्मक नेपाली बजामार नयाँ ब्राण्ड शौर्य सिमेन्टले आफ्नो उत्पादन शुरु गरेको छ ।

उच्चस्तरीय कच्चा पदार्थसँगै स्तरीय प्रविधिलाई अंगाल्दै गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले बलियो प्रस्तुति जनाउँदै बजारीकरण समेत थालेको जनाएको हो ।

सिरहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इण्डष्ट्रिजले ओपीसीस, पीपीसी, पीएस्सी र लो अल्कली ४३ र ५३ ग्रेडको गरी चार प्रकारका सिमेन्टहरु बजारमा ल्याएको जानकारी दिएको हो ।

जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो भएको उसले दाबी गरेको छ । जसको दैनिक ७००० बोरा सहित ३५०० मेट्रिकटन उत्पादनको क्षमता रहेको जनाएको छ । यसले बजारको माग सहजै धान्न सक्ने कम्पनीको दाबी छ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजले सिमेन्ट उत्पादनका लागि अल्काली रिडक्सन प्रविधिको प्रयोग गरेको जानकारी दिएको छ । यसको ग्राइण्डिङ्ग प्रक्रियामा भर्टिकल रोलर मेसिनको प्रयोग गरिने हुँदा उन्नत हुने दाबी कम्पनीको छ । उसले सिमेन्ट इण्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटिक ल्याब रहेको समेत जनाएको छ । जसले बेस्ट क्वालिटी सिमेन्ट उत्पादन गर्न मद्धत पुगेको जनाएको छ ।

यस सिमेन्ट इण्डष्ट्रिजले ७७ वटै जिल्लामा सरल डिलरसिप मार्फत आफ्नो सेवा पु¥याउने लक्ष्य राखेको छ । हाल आफ्नो उत्पादन देशका प्रमुख शहरहरुसम्म पुगिसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : ४४ बजे

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन