शौर्य सिमेन्टले शुरु गर्‍यो उत्पादन तथा बजारीकरण « Khabarhub

शौर्य सिमेन्टले शुरु गर्‍यो उत्पादन तथा बजारीकरण


१७ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिमेन्टको प्रतिस्पर्धात्मक नेपाली बजामार नयाँ ब्राण्ड शौर्य सिमेन्टले आफ्नो उत्पादन शुरु गरेको छ ।

उच्चस्तरीय कच्चा पदार्थसँगै स्तरीय प्रविधिलाई अंगाल्दै गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले बलियो प्रस्तुति जनाउँदै बजारीकरण समेत थालेको जनाएको हो ।

सिरहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इण्डष्ट्रिजले ओपीसीस, पीपीसी, पीएस्सी र लो अल्कली ४३ र ५३ ग्रेडको गरी चार प्रकारका सिमेन्टहरु बजारमा ल्याएको जानकारी दिएको हो ।

जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो भएको उसले दाबी गरेको छ । जसको दैनिक ७००० बोरा सहित ३५०० मेट्रिकटन उत्पादनको क्षमता रहेको जनाएको छ । यसले बजारको माग सहजै धान्न सक्ने कम्पनीको दाबी छ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजले सिमेन्ट उत्पादनका लागि अल्काली रिडक्सन प्रविधिको प्रयोग गरेको जानकारी दिएको छ । यसको ग्राइण्डिङ्ग प्रक्रियामा भर्टिकल रोलर मेसिनको प्रयोग गरिने हुँदा उन्नत हुने दाबी कम्पनीको छ । उसले सिमेन्ट इण्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटिक ल्याब रहेको समेत जनाएको छ । जसले बेस्ट क्वालिटी सिमेन्ट उत्पादन गर्न मद्धत पुगेको जनाएको छ ।

यस सिमेन्ट इण्डष्ट्रिजले ७७ वटै जिल्लामा सरल डिलरसिप मार्फत आफ्नो सेवा पु¥याउने लक्ष्य राखेको छ । हाल आफ्नो उत्पादन देशका प्रमुख शहरहरुसम्म पुगिसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ६ : ४४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम