तरलता अभाव हुन नदिन राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको रिपो « Khabarhub

तरलता अभाव हुन नदिन राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको रिपो


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिन बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा माथि गएको अवस्थामा राष्ट्र बैंकले रिपोमार्फत तरलता पठाउने गरेको छ ।

कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने बताएपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर नियन्त्रण गर्न खोजेको हो ।

रिपो बोलकबोलमा बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ११ : ०१ बजे

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई

अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका

शेखरको दाबी : कांग्रेस फुटाउन राजधानीकेन्द्रित षड्यन्त्र भयो, अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय भए

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले