दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टू वाच « Khabarhub

दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टू वाच


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १३ औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी स्वरूप बिहीबार नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ । बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने पहिलो खेलका लागि दुबै टिम जित्नै पर्ने दबावमा छन् । अर्को खेल २० भदौमा हुनेछ ।
यो खेलमा हेर्न लायक खेलाडी को हुन सक्छन् भन्ने चासो । दुबै टिमका हेर्न लायक खेलाडीबारे चर्चा गरिएको छ ।

नेपालका अन्जन विष्ट र भारतका मानवीर सिंह प्लेयर्स टू वाचमा रहनेछन् ।

अन्जन विष्ट – नेपाल
भारतविरुद्ध मिडफिल्डर अन्जन नेपालका मुख्य हतियार हुन सक्छन् । २३ वर्षीय उनी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका विश्वासिला खेलाडीसमेत हुन् । मध्यक्रममा यी खेलाडी बल होल्ड गर्न, लामा सट प्रहार गर्न, बल कन्ट्रोल गर्न माहिर छन् । अट्याकर अन्जन विपक्षी टोली डिफेण्डरका लागि टाउको दुखाइको विषय बन्न सक्छन् ।

भारतविरुद्ध अन्जनको रोल लामो सटका लागि हुन सक्छ । अन्जनले फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्धको खेलमा गोल गरेका थिए ।

घरेलु लिगमा मनाङ मर्स्याङदी क्लबको प्रतिनिधित्व गर्ने अन्जनले मिडलाइनसँगै अट्याकमा नवयुग श्रेष्ठसँग सहकार्य गर्न सक्छन् । उमेर समूहका विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका अन्जनले राष्ट्रिय टोलीबाट चार गोल गरेका छन् ।

मानवीर सिंह – भारत

भारतीय फुटबलका अट्याकर मानवीर सिंह बिहीबार दशरथ रंगशालामा उपस्थित सबैको नजरमा पर्नेछन् । पछिल्लो समय मानवीर भारतीय फुटबलका नियमित सदस्य हुन् । नेपालविरुद्ध मैत्रीपूर्ण खेलमा अट्याक लाइनमा मानवीरले कप्तान सुनिल क्षेत्रीसँग सहकार्य गर्नेछन् ।

२५ वर्षीय मानवीरले सन् २०१७ मा मोरिससँगको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । डेब्यु खेलमै प्रभाव जमाएका वेष्ट बंगानका यी खेलाडी त्यस यता भारतीय टोलीका नियमित सदस्य हुन् । मानवीर साफ सुजिकी कप २०१८ का गोल्डेन बुट विजेता समेत हुन् । गत महिना फिफा विश्वकप २०२२ अन्तर्गत भारतले कतारसँग ०–० को बराबरी खेल्दा मानवीरले भारतीय फुटबलमा ठूलो प्रशंसा पाएका थिए ।

बल कन्ट्रोल, आफ्नो एरियामा सहजै विपक्षीलाई दबावमा राख्ने, बल होल्ड गर्ने, लामो सट प्रहार गर्ने साथै राम्रो फिनिसरका रूपमा मानवीरलाई चिनिन्छ । सुपर लिग क्लब एटिके मोहन बंगालका यी खेलाडी एएफसी कपको समूहमा ुडिुमा सम्पूर्ण तीन खेल खेल्दै माल्दिभ्सबाट सीधैँ भारतीय टोलीमा जोडिएका हुन् । उनको प्रभाव प्रेरित एटिके मोहन बंगान नकआउट चरणमा प्रवेश गरेको छ । रमेश सुवेदी/न्युज कारखाना

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : ४९ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म