भारतविरुद्ध चाहेर पनि उपस्थित हुन सकिन : रोहित « Khabarhub

भारतविरुद्ध चाहेर पनि उपस्थित हुन सकिन : रोहित


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा चाहेर पनि आफू सहभागी हुन नपाएको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै रोहितले आफूले भारतविरुद्ध खेल्न नपाएकोमा दुःखी भएको उल्लेख गरेका छन् । ‘भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दुःखित छु,’ २९ वर्षीय डिफेन्डर रोहितले लेखेका छन् ।

हाल रोहित व्यावसायिक फुटबलका लागि इन्डोनेसियामा छन् । पर्सिजा जाकर्तामा अनुबन्धित रोहित पोखरा प्रशिक्षण क्रममा जाकर्ता पुगेका हुन् । जाकर्ता पुगेपछि उनी आठ दिन क्वारिन्टिनमा बसेका थिए ।

इन्डोनेसियाको लिग वान शुक्रबारबाट सुरु हुँदैछ । उनले शुक्रबारबाट सुरु हुने लिग वानका लागि लामो समय क्वारेन्टिन बस्नुपर्ने र त्यसकारण एन्फालाई सम्पूर्ण जानकारी गराउँदै जाकर्ता उडेको जानकारी गराएका छन् । ‘इन्डोनेसिया आएपछि आठ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमका कारण प्राविधिक रुपमा नेपाल आउन सम्भव नभएको सबैलाई जानकारी गराउन चाहन्छु । यो विषयमा यसअघि नै एन्फालाई जानकारी गराइसकेको छु । नेपाल आएको अवस्थामा मेरो १६ दिन त्यसै लस हुने अवस्थामा यो समयमा आफूलाई तयारी राख्दै प्रतिस्पर्धामा निखारिने मेरो योजना हो । किनभने आगामी महिना हुने साफ च्याम्पियनसिपका लागि तयारी महत्वपूर्ण छ,’ उनले भनेका छन् ।

एन्फा एकेडेमी उत्पादन रोहितले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीलाई शुभकामनासमेत दिएका छन् । यस्तै, उनले साफ च्याम्पियनसिपका लागि यी दुई खेल राम्रो तयारी हुनेसमेत उल्लेख गरेका छन् ।

‘भारतविरुद्ध आज हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमलाई अग्रिम शुभकामना । कोभिड–१९ महामारीबीच घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनु नेपाल टिम र नेपाली समर्थकका लागि सुखद् पक्ष हो । भारतविरुद्धको खेलले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाललाई फाइदा पुग्ने विश्वास छ,’ रोहितले भनेका छन् ।

रोहितसँग घरेलु लिगसहित भारतीय लिग, मलेसियन लिग खेलेको अनुभव छ । उनले विगत आधा दशकदेखि पर्सिजा जाकर्ताबाट खेल्दै आइरहेका छन् ।

उनले भौतिक रुपमा जाकर्तामा रहे पनि आफ्नो मन मस्तिष्क दशरथ रंगशालामा हुने पनि बताएका छन् । ‘भारतविरुद्धको चाहेर पनि उपस्थित हुन सकिनँ । भौतिक रूपमा जाकर्तामा रहे पनि मेरो मन–मस्तिष्क दशरथ रंगशालामा नै हुनेछ,’ नेपाल उमेर समूहको समेत प्रतिनिधित्व गरेका रोहितले भने का छन्।

नेपालले आज ९बिहीबार० र आइतबार भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल अपराहन् साढे ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : ३५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार