प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्च अदालतले अन्तरिम ओदश दिएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चले शुक्रबारका लागि पेशी तोकिएको संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो । शुक्रबार संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको रिटमाथि प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा बिनाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै थियो।

प्रधान्यायाधीश राणा शुक्रबार हुने संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ हुने भएकाले बिदा बस्न लागेका थिए । प्रधानन्यायाधीश राणा बिदा बसेर वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठनको हुँदैथियो ।

यसअघि संवैधानिक परिषदले गरेका नियुक्तिविरुद्धको परेको रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेका थिए । तर, आफै सहभागी बैठकले गरेका निर्णयविरुद्धको सुनुवाई प्रधानन्यायाधीश राणा आफैले गर्न नमिल्ने भन्दै रिट निवेदकले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफू सो रिटमाथिको सुनुवाइबाट अलगिने निर्णय लिएका थिए ।

यसपछि सर्वोच्चमा यो रिट परेको थियो ।

यस्तै प्रधानन्यायाधीश र न्यायाधीशहरुको आचारसंहित पालना गराउन विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएका मुद्दा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो ।

 

 

 

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ४ : ४४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज