प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश | Khabarhub Khabarhub

प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्च अदालतले अन्तरिम ओदश दिएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चले शुक्रबारका लागि पेशी तोकिएको संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो । शुक्रबार संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको रिटमाथि प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा बिनाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै थियो।

प्रधान्यायाधीश राणा शुक्रबार हुने संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ हुने भएकाले बिदा बस्न लागेका थिए । प्रधानन्यायाधीश राणा बिदा बसेर वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठनको हुँदैथियो ।

यसअघि संवैधानिक परिषदले गरेका नियुक्तिविरुद्धको परेको रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेका थिए । तर, आफै सहभागी बैठकले गरेका निर्णयविरुद्धको सुनुवाई प्रधानन्यायाधीश राणा आफैले गर्न नमिल्ने भन्दै रिट निवेदकले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफू सो रिटमाथिको सुनुवाइबाट अलगिने निर्णय लिएका थिए ।

यसपछि सर्वोच्चमा यो रिट परेको थियो ।

यस्तै प्रधानन्यायाधीश र न्यायाधीशहरुको आचारसंहित पालना गराउन विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएका मुद्दा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो ।

 

 

 

 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ४ : ४४ बजे

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार