अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार | Khabarhub Khabarhub

अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार गरिएको छ । अफगानिस्तानबाट उद्धार गरेर विभिन्न समयमा यूएईको दुबईमा र कतारको दोहामा राखिएका १० जना काठमाडौँ आइपुगेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बुधबार साँझ फ्लाई दुबइको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा बिहीबार कतार एयरको नियमित उडानबाट २ जना समेत गरी थप १० जना नेपाली स्वदेश फर्किएका हुन् ।

हालसम्म अफगानिस्तानबाट ८५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ । अझै अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरुको उद्धारका लागि नेपालले सबै पक्षसँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ३७ बजे

गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

बागलुङ– नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा

प्रकाश सुपुतको चलाख जवाफ !

काठमाडौं – गायकीबाट चर्चामा आएका नायक प्रकाश सुपतको अभिनय रहेको

बैतडीमा अविरल वर्षा, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम

प्रधानमन्त्री ओलीले आज बेइजिङमा उपराष्ट्रपति चाङ्गसँग भेटवार्ता गर्दै

थियानजिन– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी