स्वास्थ्यमा १० प्रतिशत बजेट बिनियोजन गर्न मन्त्री यादवको पहल « Khabarhub

स्वास्थ्यमा १० प्रतिशत बजेट बिनियोजन गर्न मन्त्री यादवको पहल


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेटमध्ये दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।

यसअघिको बजेटमा अर्थ मन्त्रालयले स्वास्थ्यतर्फ कुल बजेटको जम्मा ४ दशमलब ४ प्रतिशत बजेट मात्रै छुट्टयाएको थियो । महाराजगंजस्थित कान्तिबाल अस्पतालमा बिहीबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले आगामी वर्ष दश प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए ।

‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४ दशमलब ४ प्रतिशत छुट्टयाइयो । देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो’, मन्त्री यादवले भने, ‘त्यसलाई कम्तिमा दश प्रतिशत पुर्‍याउन मैले प्रधानमन्त्रीज्यूसंग र योजना आयोगमा कुरा गरेको छु ।’

मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए । कान्तिबाल अस्पतालको व्यवस्थापनलाई मन्त्री यादवले उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।

कर्मचारी समायोजन सम्पन्न भए लगत्तै देशभरीको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरी आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पुर्‍याउन पहल गर्ने मन्त्री यादवले जानकारी दिए ।  परिवार स्वास्थ्य महाशाखाले करिब ८० लाख मूल्यको उपकरण बिहीबार कान्तिबाल अस्पताललाई उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ९ : ०३ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स