विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो | Khabarhub Khabarhub

विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गरेकी छिन् ।

पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकी हुन् । सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराए । उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराए ।

उनले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनु पर्ने बताए । बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस काठमाडौँ आइपुग्ने जानकारी गराए । चरणबद्धरूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उनले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन् । उनले पहिलो चरणमा ललितपुर र काठमाडौँ महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरिन् । उनले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिइन् । उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिन् ।

त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनका लागि सरकारकोतर्फबाट सहयोग हुने बताउँदै आगामी दिनमा उपयुक्त तवरले संरचना खडा गरेर आगाडि बढ्न सबै निकायले पहल गर्नुपर्ने बताए । त्यसैगरी सञ्चालक समितिका सदस्य भुषण तुलाधरले विद्युतीय बसको खरिद प्रक्रिया र लागतबारे जानकारी गराए ।

उनका अनुसार करबाहेक एउटा बस खरिदका लागि रु एक करोड पाँच लाख पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस रु एक करोड ५२ लाख पर्नेछ । यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो । पहिलो चरणमा रु ६१ करोडको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ ।

साझाले आह्वान गरेको बोलपत्रमा नौ वटा चिनियाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सिएचटिसी किनवेन(नान्जीङ) अटोमोबाइल कम्पनीले छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो । तुलाधरका अनुसार अबको चार महिनामा तीन वटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ । सम्झौताअनुसार एकपटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ । बसमा १६१ किलोवाट पर आवरको ब्याट्री जडान गरिनेछ । जुन चार घण्टामा चार्ज हुनेछ ।

पछिल्लो समय सरकारले साझामा रु तीन अर्ब बराबरको शेयर लगानी गरेको छ । सो रकम साझाको खातामा आइसकेको छ । साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ । हाल साझाले ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ८ : ०१ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’