साथी सैनिकको हत्या गर्ने ढकाललाई २५ वर्ष कैद सजाय « Khabarhub

साथी सैनिकको हत्या गर्ने ढकाललाई २५ वर्ष कैद सजाय


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका सैनिक गंगाधार ढकाललाई २५ वर्षको जेल सजाय सुनाइएको छ । सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपमा उनलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

नेपाली सेनाको समरी जनरल सैनिक अदालतले विहीबार गुरुङको हत्यामा दोषी ठहर गर्दै सैनिक ढकाललाई सजाय सुनाएको नेपाली सेनाले जनाएको छ ।

गत साउन ७ मा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ सिमलडाँडामा गुरुङको शव फेला परेको थियो । सो प्रकरणमा पक्राउ परेका ढकालले नेपाली सेनाकै एसएमजी हतियारबाट गुरुङको हत्या गरेको खुलेको थियो ।

ढकालले प्रयोग गरेको सेनाको हतियार चोरीको आरोपमा यसअघि नै दुईजना सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । उनीहरुले चोरेको भनिएको हतियार ढकालबाट बरामद भएकाले यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ५३ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका