बेपत्ता थारुको ३३ वर्षपछि परिवारसँग पुनर्मिलन « Khabarhub

बेपत्ता थारुको ३३ वर्षपछि परिवारसँग पुनर्मिलन


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रहरीले वर्षौँदेखि हराइरहेका कैलालीका एक जनाको भारतबाट उद्धार गरी ३३ वर्षपछि परिवारससँग पुनर्मिलन गराएको छ ।

जानकी गाउँपालिका–७ टिकलीगढका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्षअघि भारत रोजगारीमा गएसँगै बेपत्ता भएका थिए ।

प्रहरीले उनलाई भारतबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको हो । गत भाद्र ९ गते प्रहरी परिसर टेकुका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले उनको विहारबाट उद्धार गरी परिवारको जिम्मा लगाएको जानकारी दिए ।

भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दीप यादवको समन्वयमा उनको उद्धार भएको हो । हालको उनी सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहेता पनि निजसंग भिडियो च्याटमा कुराकानी गर्दा उनले आफ्नो घर टिकापुरको मुनुवा आसपास रहेको बताएका थिए ।

त्यसपछि उनको फोटो सहित उक्त गाऊँघरमा आफन्तजन पत्ता लगाउन ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरिएको थियो ।

उनलाई भाद्र ९ गते बेलुकी करीब ६ बजे सन्दीपले गया स्थित नेशनल हाईवेमा फेला पारेपछि आफ्नो घरमा ल्याई सोधखोज गरी नेपालमा सम्पर्क गरेका थिए । तर १० गते बिहान उनी त्यहाँबाट निस्की हिडेकोमा सन्दीपले पुनः खोजतलास गरी आफ्नो घरमा राखेका थिए ।

प्रहरीले उनको घर ठेगाना र आफन्तको एकिन गरेपछि भारतीय प्रहरी र सन्दीप यादवको सहयोगमा उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साबाट उनलाई झिकाइ छोरा बर्ष ३८ का राम बहादुर डगौराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ८ : ०५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन