एमाले अध्यक्ष ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै « Khabarhub

एमाले अध्यक्ष ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

न्यायाधीश मीरा खड्काको इजलासमा पेशी तोकियो


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

गैरकानूनीरूपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै एमाले अध्यक्ष ओलीले बुधबार रिट दायर गरेका थिए ।

ओलीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेशी तोकिएको छ । एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेका ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले सो निर्णय खारेजीको माग गरेका छन् ।

त्यस्तै सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिकरूपमा रोकेर राखेको भन्दै ओलीले माधव नेपालसहित १४ र झलनाथ खनालसमेतको सांसद पद खारेजीको मागसमेत गरेका छन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ४१ बजे

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं– लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि,

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव