महाधिवेशनमा होमियो कांग्रेस, वडा अधिवेशनहरु सुरु (भिडियोसहित) | Khabarhub Khabarhub

महाधिवेशनमा होमियो कांग्रेस, वडा अधिवेशनहरु सुरु (भिडियोसहित)

भक्तपुर पुगेर महेश बस्नेतलाई देउवाको चुनौती


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । पाँच पटकसम्म मिति सारेपछि आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं गर्ने भनिएको १४ औं महाधिवेशन हुनेनहुने आशंका भइरहेका बेला शुक्रबार वडा अधिवेशनहरु सुरु भएका छन् ।

कांग्रेस महाधिवेशनका लागि वडा अधिवेशन प्रारम्भिक चुनाव हो । प्रारम्भिक अधिवेशन सुरु भएसँगै मंसिरको महाधिवेशन हुने निश्चित भएको कांग्रेस नेताहरुले बताएका छन् । शुक्रबार देशभरका ६ हजारभन्दा धेरै वडामा एकै पटक अधिवेशन गर्ने भनिए पनि आवश्यक तयारीका कारण शुक्रबार देशका केही वडाहरुमामात्र अधिवेशन सुरु भएको छ । केही वडाहरुमा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यही भदौ २३ गतेसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

शुक्रबार वडा अधिवेशन सुरु भएपछि कांग्रेसका शीर्ष नेताहरुले अधिवेशन सफलताको कामना गर्दै महाधिवेशन निश्चित भएको सन्देश दिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भक्तपुरकोे सूर्यविनायक नगरपालिकाको वडा अधिवेशन उद्घाटनमा पुगेका छन् । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ को कटुन्जेमा सभापति देउवाले वडा अधिवेशन उद्घाटन गरेका छन् ।

सो क्रममा सभापति तथा प्रधानमन्त्री देउवाले कांग्रेस सशक्त भएकोसमेत दावी गरेका छन् । उनले केही दिन अगाडि एमाले नेता तथा भक्तपुरबाट प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दिएको चुनौतीको पनि जवाफ दिएका छन् । देउवाले भने, ‘मलाई महेश बस्नेतजीले चुनौती दिनु भएछ । मलाई होइन, हाम्रो पार्टीका सभापति दुर्लव थापालाई हराएर देखाउँनहोस् ।’

केही दिनअघि बस्नेताले भक्तपुरमा कांग्रेस खोज्नुपर्ने अवस्थामा रहेको भन्दै सभापति देउवा लडे पनि पराजित हुने बताएका थिए । देउवाले शुक्रबार सोही चुनौतीको जवाफ दिएका हुन् ।

हेरौँ भिडियो

सभापति तथा प्रधानमन्त्री देउवाले शुक्रबार बिहान भिडियो सन्देश जारी गर्दै वडा अधिवेशन सफलताको कामना गरेका थिए ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेलले विहीबार नै भिडियो सन्देश दिँदै आत्मको पुकार सुनेर निर्णय गर्न नेता तथा कार्यकर्तामा आव्हान गरेका थिए । वडा अधिवेशनहरु सुरु भएपछि उपसभापति विमेन्द्र निधि, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायतले वडा अधिवेशन सफलताको कामना गरेका थिए ।

वडा अधिवेशनले वडा कार्यसमिति चयन गर्नुका साथै स्थानीय तहस्तरीय अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन र जिल्ला अधिवेशनमा मतदान गर्न पाउने क्षेत्रीय प्रतिनिधि चयन गर्छ । क्षेत्रीय प्रतिनिधिले नै महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले वडा अधिवेशनले नै भावी नेतृत्व कस्तो आउँछ भन्ने आकलन गर्न सकिने हुन्छ । त्यसैले नेताहरुले वडा अधिवेशनलाई निकै महत्व दिएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १२ : ५० बजे

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै

धादिङ–मलेखु सडक : भासिने र पहिरो जाने क्रम रोकिएन

धादिङ– धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि