‘इबादत बन गए हो’मा स्मिता दाहाल « Khabarhub

‘इबादत बन गए हो’मा स्मिता दाहाल


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली संगीतमा छोटो समयमै स्थापित गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा स्वर दिएकी छन् ।

भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको पप चार्टबस्टर्स नामक यूट्युब च्यानलबाट शुक्रवार उनको स्वरमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए’, ‘हुँड हुँड दबंग’, ‘राधा नाचेगी’ जस्ता गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।

रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता र भारतीय टेलिभिजनका कलाकार अर्जुन बिज्लानी फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गरेको छ

भिडियोमा राजीव एस रुयाको निर्देशन छ । भिडियो पुनम यादवले निर्माण गरेकी हुन् । गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ ।

जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै