मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने | Khabarhub Khabarhub

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ ।

दार्चुला पावर प्रालीले सो जलविद्युत् आयोजना अघि बढाउन लागेको हो । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरुआत भएको कम्पनीले जनाएको छ ।

अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायसुझाव माग गरेको छ । यसका असरबारे सम्बन्धित सरोकारवालालाई एक साताभित्र आइपुग्ने गरी रायसुझाव पठाउन अपिल गरिएको छ ।

मार्मा २, ३, ४, ५ र ६ भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लामबगरमा बाँध निर्माण गरिने कम्पनीले जनाएको छ । बाँधमा जम्मा भएको पानी करिब सात हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत सतही विद्युत्गृहमा खसाली विद्युत् उत्पादन हुनेगरी डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न रु छ अर्ब १८ करोड ९४ लाख ४४ हजार लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक सरदर ११८ दशमलव ५२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

यही खोलामा अहिले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजनाको ४० प्रतिशत बढी काम पूरा भएको छ । भने शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचमा ३० मेगावट चमेलिया जलविद्युत् निर्माण भएको छ ।

अहिले निर्माणाधीन चमेलिया जलविद्युत्को ड्याम अपिहिमाल गाउँपालिका– ५ को ओखल नजिकै निर्माण गरेर मार्मा– २ घट्टेगाडमा पावर हाउस निर्माण गरिएको छ । विद्युत् निर्माणपछि यो क्षेत्रमा विकासको ढोका खुला हुने विश्वास गरिएको छ ।

अहिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमै १० मेगावटको मकरीगाड हाइड्रोपावर निर्माणाधीन छ । भने अपिहिमालको वडा नं १ मा ६० मेगावाटको विद्युत् उत्पादन गर्नेगरी सम्भाव्यता अध्ययनको काम भइरहेको छ । रासस

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : २८ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट