अविरल वर्षासँगको बाढीले पुल भत्कियो | Khabarhub Khabarhub

अविरल वर्षासँगको बाढीले पुल भत्कियो


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– केही दिनयताको अत्यधिक वर्षका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग भत्किएको छ ।

मालेपाटनतर्फको पुलको जग आज बिहान १०ः३० बजे भत्किएको स्थानीय युवा बाबुराम मिश्रले जानकारी दिए । उनका अनुसार पुल भत्के पनि कुनै मानवीय क्षति भने भएको छैन ।

गत वर्षदेखि नै जोखिममा परेको पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा यस वर्ष गत असार ३ गतेको बाढीले क्षति पु¥याएको र त्यसयता दिनानुदिन क्षति बढ्दै सेराबेँसी युवा क्लबका पूर्वअध्यक्ष एवं सेराबेँसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेले बताए ।

पुल भत्केसँगै आजदेखि कास्कीको मालेपाटनसहितका स्थलका साथै तनहुँको सेराबेँसी लगायतका स्थलका सर्वसाधारणको आवतजावत नै बन्द भएको बताउँदै उनले तत्काल अन्य वैकल्पिक व्यवस्थापनका लागि राज्यस्तरबाटै पहल हुनुपर्ने आवश्यकता औँल्याए ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ एक सय १९ मिटर छ । कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गर्दै जाँदा अन्ततः संरक्षणकै अभावमा भत्कने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ ।

कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायत स्थानका बासिन्दाका लागि पुल बरदान साबित भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : १५ बजे

एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय

सुकेनास लागेको अर्थतन्त्र र सुधारको सूत्र

नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक विसङ्गतिले सबैभन्दा गम्भीर प्रहार कतै

निर्माण कम्पनीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडकमा यात्रुलाई सास्ती

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र  अझै पूरा

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक

प्रदेश संरचना तत्काल खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश