माओवादीमा केन्द्रीय निकायको पद पूर्तिका लागि सुझाव दिन पोखरेल नेतृत्वको कार्यदललाई जिम्मा | Khabarhub Khabarhub

माओवादीमा केन्द्रीय निकायको पद पूर्तिका लागि सुझाव दिन पोखरेल नेतृत्वको कार्यदललाई जिम्मा


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय निकायहरुमा पदपूर्तिका लागि सुझाव दिन गिरिराजमणि पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय निकायहरुको पदपूर्तिका लागि आवश्यक छलफल गरि सुझाव प्रतिवेदन पेश गर्न पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि अन्य दलबाट आएका नेताहरुको समायोजनका लागि सुझाव दिन गठित पोखरेल नेतृत्वको कार्यदललाई नै पार्टीको केन्द्रीय निकायहरुमाा पूर्णता दिनका लागि सुझाव दिन जिम्मेवारी दिइएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पदपूर्तिका लागि ५ दिनभित्र सुझाव प्रतिवेदन पेश गर्न भनिएको उनले बताए । त्यस्तै बैठकले पौष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर सदस्यता वितरण, नवीकरण, वडा अधिवेशन लगायत गर्नुपर्ने भएकाले यसका लागि आवश्यक निर्वाचन नियमावली र आचारसंहितका साथै निर्देशिकाका बारेमा ५ दिन भित्र सवै तहलाई जानकारी गराउने निर्णय भएको उनले बताए ।

नेता श्रेष्ठले महाकाली नदीमा बेपत्ता भएको घटनामा सरकारले भारतसँग वार्ता गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै एमसीसीका बारेमा माओवादीको यसअघिको धारणा कायमै रहेको भन्दै कुनै भ्रममा नपर्न पनि उहाले आग्रह गरे ।

हुम्लाको हिल्सा सीमा क्षेत्रको अध्ययन गर्न समिति गठन गर्ने विषयमा उनले राष्ट्रिय स्वाधिनताका विषयमा राष्ट्रिय सहमति गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताए ।

हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ०५ बजे

भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा

बैङ्कक– भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ ।

‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौं– कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले