अरुण तेस्रो आयोजनास्थलको सडक अवरुद्ध | Khabarhub Khabarhub

अरुण तेस्रो आयोजनास्थलको सडक अवरुद्ध


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- केही दिनदेखि लगातार परेको वर्षाका कारण संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको सडक अवरुद्ध भएको छ।

अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्डको चिचिला गाउँपालिकास्थित दिदिङमा सडक अवरुद्ध भएको छ। बिहीबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्ड अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। पहिरो हटाउने काम भइरहेको उनले बताए।

छ्याङ्कुटी–दिदिङ खण्ड अवरुद्ध हुदाँ अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधन बाटोमै रोकिएका छन्।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : ३८ बजे

व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध

दार्चुला– चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिंकरमा तीन सातादेखि सञ्चार

१७ अंकले घट्यो नेप्से, साढे ४ अर्ब पनि पुगेन कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ

थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं– थाइल्याण्डको राजधानी बैङ्ककमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।

डा. केसीले तोडे अनशन 

काठमाडौं– चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै तीन दिनअघि अनशन बसेका

चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि

काठमाडौँ – सरकारले चक्रपथको कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको मुख्य खण्ड विस्तार