कांग्रेसको चुनावको चहलपहल | Khabarhub Khabarhub

कांग्रेसको चुनावको चहलपहल


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– नेपाली कांग्रेसको गाउँ/नगर वडा अधिवेशनले जिल्लामा चहलपहल ल्याएको छ । कोरोनाले सुनसान बनेको यहाँ सो पार्टीको वडा तहको निर्वाचनले चहलपहल ल्याएको हो ।

वडातहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका कांग्रेसका कार्यकर्ता पाल्पा आइसकेका छन् । वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा सदरमुकाम तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र आपसमा छलफल, भेला र वहस भईरहेको छ । हिजो हुने भनिएको वडा तहको निर्वाचन भने आन्तरिक कारणले हुन नसकेको कांग्रेस पाल्पाले जनाएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सचिव झपेन्द्र गहिरेका अनुसार पाल्पाका दशवटा स्थानीय तहका ८१ वडामा भदौ २१ गते निर्वाचन हुने छ । पाल्पाको निर्वाचन सम्पन्न गराउन पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई निर्वाचत अधिकृतको जिम्मेवारी दिएको छ ।

वडा तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको निर्वाचन हुने भएको छ । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिकास्तरको अधिवेशन भदौ २७ गते हुने भएको हो । वडा तहको निर्वाचन सम्पन्न भए पनि स्थानीय तहको निर्वाचनले कार्यकर्ता जिल्लामै रहने भएका हुने ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने छ ।

केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गते हुने निर्णय भइसकेको छ । नेपाली काँग्रेस, पाल्पाका सभापति वीरबहादुर रानाले कांग्रेसको वडादेखि जिल्ला तहसम्म अधिवेशन निर्धारित समयमा सम्पन्न गर्ने बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १२ : ४४ बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो