बेलझुडीमा गौशाला सञ्चालन | Khabarhub Khabarhub

बेलझुडीमा गौशाला सञ्चालन


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुडीमा गौशाला सञ्चालनमा ल्याइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर र घोराही उपमहानगरपालिकाको समन्वयमा गौशाला सञ्चालनमा ल्याएको हो ।

यहाँका बजार, सडक तथा ग्रामीण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको संरक्षणका लागि करिब ४५ बिघा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याएको योगी आदित्यनाथ फाउण्डेशनका संरक्षक भरतनाथ योगीले बताए । उनले भने, ‘अब गाई संरक्षणका लागि उपयुक्त आवास निर्माण गरिने र संरक्षण अभियानलाई क्रमिकरुपमा आयआर्जनसँग पनि जोडेर लैजाने फाउण्डेशनको योजना छ ।’

गाईको दूधसँगै मलमूत्रको समेत व्यावसायिक प्रवद्र्धन गर्ने खालको योजना ल्याउनका लागि फाउण्डेशनले गुरुयोजना निर्माण गरिरहेको योगीले जानकारी दिए । उक्त गौशालाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गत सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका थिए ।

नगरपालिकाका प्रमुख चौधरीले तुलसीपुर र घोराही उपमहानगरपालिका क्षेत्रका छाडा गाईलाई संरक्षकत्व प्रदान गर्न गौशालाको स्थापना भएको बताउँदै यसको उपयुक्त व्यवस्थापनका लागि दुवै उपमहानरपालिकाले आवश्यक सहयोग गरिने जानकारी दिए । उनले दीर्घकालीन रुपमा गौशाला सञ्चालनका लागि विशेष गुरुयोजना बनाउन पनि आग्रह गरे ।

गौशालाले बजारमा छाडारुपमा रहका गाई तथा गोरुको संरक्षणले सवारी दुर्घटनामा कमी आउनुका साथै राष्ट्रिय जनावर गाईको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास हुनेसमेत उनले बताए ।

गौशालाको सञ्चालनबाट नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुने तुलसीपुरका समाजसेवी सुरेश हमालले बताए ।

उनले राष्ट्रिय जनावर गाईको संरक्षण नहुँदा राष्ट्रियतामाथिकै अपमान भइरहेको उल्लेख गर्दै हरेक टोल समुदायमा गाई संरक्षण केन्द्र सञ्चालनमा ल्याउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष अनिल विष्टले गाई संरक्षणका लागि विश्वविद्यालयसँग जग्गा उपभोगको विधिवत्रुपमा सम्झौता भइसकेको जानकारी दिँदै संरक्षण केन्द्रमा छाडा गाईलाई संरक्षण दिएर राखिने बताए । बेलझुण्डीमा गाई संरक्षण केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासीसमेत खुसी भएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : ४० बजे

बिपाशाको शारीरिक बनावटबारे दिएको कमेन्टपछि विवादमा अभिनेत्री मृणाल

काठमाडौं– बलिउड अभिनेत्री मृणाल ठाकुर पछिल्ला दिनमा सामाजिक सञ्जालमा ठूलो

गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु

तेल अभिभ- गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति अपार्टमेन्ट र

सिन्धुलीमा सवारी दुर्घटना : एक युवकको मृत्यु, एकको अवस्था गम्भीर

कमलामाई– कमलामाई नगरपालिका–९ नयाँबस्तीमा आज अपराह्‍न भएको सवारी दुर्घटनामा एक

हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजान्छौँ : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिष्कृत

राज्य व्यवस्था समिति : विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी