गृहमन्त्री खाँणद्वारा कोशी कटान क्षेत्रको निरीक्षण | Khabarhub Khabarhub

गृहमन्त्री खाँणद्वारा कोशी कटान क्षेत्रको निरीक्षण


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– गृहमन्त्री बालकृष्ण खाँणले शनिबार उदयपुरको बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको निरीक्षण गरेका छन् । गृहमन्त्री खाँणसहितको टोलीले बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेको हो । सो अवसरमा उनले कोशी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नै नयाँ योजना र कार्यक्रम ल्याउने बताए ।

बेलका नगरपालिकका प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोशी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नु परेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किलोमिटर लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोशी कटानका कारण विस्थापित हुने अवस्थामा आइपुगेको जानकारी गृहमन्त्री खाँणलाई गराए ।

कटानबाट बर्सेनि यो क्षेत्र सङ्कटमा पर्दै गएको बेला गृहमन्त्री खाँणको निरीक्षणले यस क्षेत्रका बासिन्दा समस्या समाधान हुने भनेर उत्साहित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ४ : ५५ बजे

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र

‘प्रतिशोधका आधारमा माधव नेपालमाथि मुद्दा चलाइयो’

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरूले पतञ्जलि जग्गा प्रकरणमा