१५७ घरमा ‘एक घर, एक धारा’ « Khabarhub

१५७ घरमा ‘एक घर, एक धारा’


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वडा नम्बर २ को लसर्घा बेँसीका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो ।

कालीगण्डकी गाउँपालिकाको रु २८ लाख २० हजार ३५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु १० लाख गरी कूल रु ३८ लाख २० हजार ३५९ को लागतमा खानेपानी योजना निर्माण सम्पन्न भएको खानेपानी मर्मत तथा सरसफाइ परियोजना ९वास० का संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।

गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्याङ्की निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीले बताए ।

मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बँेसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए । “यो योजना आउनभन्दापूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो”, तातोपानी खानेपानी मर्मत तथा सरसफाइ योजनाका अध्यक्ष पदम थापाले भने, “त्यो पनि पर्याप्त थिएन घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।”

घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाले बताए । प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ ।

“खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ”, अध्यक्ष थापाले भने, “घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीय हर्षित पनि छन् ।”

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा खानेपानी तथा सिँचाइका लागि पानीको समस्या भएकाले गाउँपालिकाले खानेपानी तथा सिँचाइका लागि योजना अगाडि बढाइरहेको छ । केही निर्माण सम्पन्न भइसकेका छन् भने केही निर्माणको चरणमा रहेका वास संयोजक अधिकारीले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : १० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म