चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो आकर्षक अफरहरुले भरिपूर्ण ‘दशैँ-दक्षिणा’ योजना « Khabarhub

चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो आकर्षक अफरहरुले भरिपूर्ण ‘दशैँ-दक्षिणा’ योजना


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाडपर्व नजिकिएसँगै प्रोटोनले भारी दक्षिणा सहितको ‘दशैँ-दक्षिणा’ योजना ल्याएको छ ।
निकै नै उत्कृष्ट तथा खेर जान दिनै नसकिने अफरहरु सहितको यो योजना यहि भदौ १७ गते सुरु भएर चाडपर्वको समय जारी रहुन्जेलसम्म निरन्तर रहनेछ।

यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको Saga र X70 गाडीको खरिदमा १ लाख- २ लाखसम्म मात्र नभएर ६ लाख सम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्नेछन्। जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले रू ५०,००० देखि २,००,००० सम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन्। यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकका लागि यस योजनाले रू ५०,००० देखि रू २,५० ,००० सम्म छुटको व्यवस्था गरेको छ।

यस प्रोटोन ‘दशैँ-दक्षिणा’ योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन्, जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ्ग एण्ड क्रेडिट को– अपरेटिभ लिमिटेडले इनहाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ।

यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले बिभिन्न पार्टपुर्जा तथा चाहिने उपकरणहरु समेत सित्तैमा प्राप्त गर्ने छन्।

चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन Saga को सुरुवाती मूल्य रू ३७,९९,००० राखिएको छ भने प्रोटोन X 70 को सुरुवाती मुल्य रू ८६,९९,००० तोकिएको छ । यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुनेछ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो । जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो।

त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : २९ बजे

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न