रामेछापमा उपराष्ट्रपति कप फुटबल हुने « Khabarhub

रामेछापमा उपराष्ट्रपति कप फुटबल हुने


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गुराँसेदेवी युवा क्लबले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ ।

प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालको चर्चित ३२ क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पाउने छन् ।

तेस्रोले ५० हजार र चौंथोले २५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार पाउने गुराँसेदेवी युवा क्लबका अध्यक्ष मदन थापा मगरले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले ५/५ हजार पाउने छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : १० बजे

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता