रामेछापमा उपराष्ट्रपति कप फुटबल हुने « Khabarhub

रामेछापमा उपराष्ट्रपति कप फुटबल हुने


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गुराँसेदेवी युवा क्लबले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ ।

प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालको चर्चित ३२ क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पाउने छन् ।

तेस्रोले ५० हजार र चौंथोले २५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार पाउने गुराँसेदेवी युवा क्लबका अध्यक्ष मदन थापा मगरले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले ५/५ हजार पाउने छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : १० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै