सुदूरपश्चिम : थप ३४ जनामा सङ्क्रमण, ३१ डिस्चार्ज « Khabarhub

सुदूरपश्चिम : थप ३४ जनामा सङ्क्रमण, ३१ डिस्चार्ज


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिममा प्रदेशमा शनिबार थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट प्रदेशभर ८०४ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौतीस जनामध्ये २७ जनामा पीसीआर र सात जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६ जना र बैतडी अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच र बाजुरामा दुई जनामा कोरोना सङक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यसैबीच गएको २४ घण्टामा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर ३१ जना सङ्क्रमणमुक्त भएका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : १० बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित