काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन | Khabarhub Khabarhub

काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– तालिबान शासनअन्तर्गत राजनीतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवान नियन्त्रित काबुलमा लाठी चार्ज गरिएको थियो ।

लाठिचार्ज पछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी ताथा विदेशी अनलाइन सञ्चारमाध्यमले विशेष स्थान दिई छापेका छन् ।

महिला अधिकारकर्मीहरुको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा कार्यकर्ता नरगिस सददतले आफूलाई तालिबानले कुटपिट गरेको आरोप लगाइन् ।

टोलो न्युजका अनुसार तालिबानले प्रदर्शनकारी राष्ट्रपतिको कार्यालयतर्फ अघि बढ्ने क्रममा लाठी तथा अश्रु ग्यास प्रहार गरेका थिए ।

महिला कार्यकर्ता र प्रदर्शनकारीले राष्ट्रपति भवन (एआरजी) को गेट अगाडि विरोध प्रदर्शन गर्न चाहेको बताएका छन् तर अफगानिस्तानको इस्लामिक इमिरेट्सका सदस्यहरुले भने उनीहरुलाई विरोध गर्न नदिएको द खामा प्रेसले जनाएको छ ।

पत्रकार तथा अन्य व्यक्तिले सामाजिक सञ्जालमा सेयर गरेका भिडियो क्लिपका अनुसार तालिबानले प्रदशर्नकारी महिलालाई तितरवितर पार्न हवाइ फाइर तथा अश्रु ग्यास को प्रयोग गरेका खामा प्रेसले बताएको छ ।

शनिबारको विरोध तालिबानले कब्जा गरेदेखि अफगानिस्तानमा आयोजित चौथो महिला विरोध थियो । यसअघि पश्चिमी हेरात प्रान्त र अफगानिस्तानको राजधानीमा विरोध प्रदर्शनहरू भएका थिए । एएनआई

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : ४० बजे

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा