काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन « Khabarhub

काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– तालिबान शासनअन्तर्गत राजनीतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवान नियन्त्रित काबुलमा लाठी चार्ज गरिएको थियो ।

लाठिचार्ज पछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी ताथा विदेशी अनलाइन सञ्चारमाध्यमले विशेष स्थान दिई छापेका छन् ।

महिला अधिकारकर्मीहरुको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा कार्यकर्ता नरगिस सददतले आफूलाई तालिबानले कुटपिट गरेको आरोप लगाइन् ।

टोलो न्युजका अनुसार तालिबानले प्रदर्शनकारी राष्ट्रपतिको कार्यालयतर्फ अघि बढ्ने क्रममा लाठी तथा अश्रु ग्यास प्रहार गरेका थिए ।

महिला कार्यकर्ता र प्रदर्शनकारीले राष्ट्रपति भवन (एआरजी) को गेट अगाडि विरोध प्रदर्शन गर्न चाहेको बताएका छन् तर अफगानिस्तानको इस्लामिक इमिरेट्सका सदस्यहरुले भने उनीहरुलाई विरोध गर्न नदिएको द खामा प्रेसले जनाएको छ ।

पत्रकार तथा अन्य व्यक्तिले सामाजिक सञ्जालमा सेयर गरेका भिडियो क्लिपका अनुसार तालिबानले प्रदशर्नकारी महिलालाई तितरवितर पार्न हवाइ फाइर तथा अश्रु ग्यास को प्रयोग गरेका खामा प्रेसले बताएको छ ।

शनिबारको विरोध तालिबानले कब्जा गरेदेखि अफगानिस्तानमा आयोजित चौथो महिला विरोध थियो । यसअघि पश्चिमी हेरात प्रान्त र अफगानिस्तानको राजधानीमा विरोध प्रदर्शनहरू भएका थिए । एएनआई

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : ४० बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का