सरकार टिकाउन अन्य दलहरुसँग छलफल भइरहेको छ : मुख्यमन्त्री आचार्य | Khabarhub Khabarhub

सरकार टिकाउन अन्य दलहरुसँग छलफल भइरहेको छ : मुख्यमन्त्री आचार्य


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन् । धरान–८ स्थित औद्योगिक क्षेत्रमा रु ३७ करोडको लगानीमा सुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उनले शनिबार यस्तो बताएका हुन् ।

“सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु, यो सरकार सत्तालिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकाले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो”, उनले भने । मुख्यमन्त्री आचार्यले प्रदेश नं १ को सरकार टिकाउन दलहरूबीच कुराकानी भइरहेकोसमेत बताए । “राजनीतिमा जे पनि हुन्छ”, उनले भने, “नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरूसँग छलफल भइरहेकै छ ।”

आचार्यले विकास निर्माणको काममा तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति–सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि बताए । आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर झरेको हुनाले आफूसँग विकासको योजना रहेको जिकिर गरे। मुख्यमन्त्री भएपछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुगेका मुख्यमन्त्री आचार्यले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसायलाई प्रोत्साहान गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले आफू धरान आएको बताउए ।

प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानलाई असाध्यै समस्या भइरहेका कारण आफूहरूले उद्योग सञ्चालनमा ल्याएको बताएका छन् । उनका अनुसार लामो समयदेखि पशुपक्षीपालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद् तथा पशु चिकित्सकलगायत २० जनाको समूह मिलेर उद्योग खुलेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : ५५ बजे

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस– सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक

मेलम्ची संघर्ष समिति गुनासो : काठमाडौंबासीले खानेपानी पाउँदा हामीले केही पाएनौँ, मुहानको ताला खोल्दैनौँ

सिन्धुपाल्चोक, हेलम्बु- मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले माग पूरा नभएकाले

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !

काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग