दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी « Khabarhub

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिका विजयी भएको छ ।

कोलम्बोमा शनिबार राति दक्षिण अफ्रिकाले श्रीलंकालाई डीएल मेथडमा ६७ रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रनमा समेटियो ।

श्रीलंकाका चारिथ असालंकाले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । चमिका करुनारत्नेले ३६ रन जोड्दा कप्तान डासुन शनकाले ३० रन जोडे ।

दक्षिण अफ्रीकाका ट्राबेज शाम्सीले ५ विकेट लिए । कागिसो राबडाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४७ ओभरमा ६ विकेट गुमाएर २ सय ८३ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले नयाँ लक्ष्य पाएको थियो ।

दक्षिण अफ्रीकाका लागि जान्नेमान मालनले १ सय २१ रनको शतकीय इनिङ्स खेले । रिजा हेन्ड्रिक्सले ५१ रन जोड्दा हेन्रिच क्लासेनले ४३ रन बनाए ।    श्रीलंकाका दुश्मन्था चामिरा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिज दक्षिण अफ्रिकाले १-१ को बराबरीमा ल्याएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १० : ०१ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन