तालिबानले चीन फर्काइने त्रासमा अफगानिस्तानमा रहेका उइगर « Khabarhub

तालिबानले चीन फर्काइने त्रासमा अफगानिस्तानमा रहेका उइगर


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको सत्तामा तालिबानको कब्जापछि त्यहाँ रहेको उइगर मुस्लिमहरु त्रसित बनेका छन् । उनीहरु डराउनको कारण तालिबानले उनीहरुलाई चीन फर्काइदिन्छ कि भन्ने हो । चीनको शिनजियाङ प्रान्तबाट अफगानिस्तान पुगेका उइगरहरु अहिले त्रसित बनेको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ ।

चीनको शिनजियाङ् प्रान्तका उइगर मुस्लिम समूदायमाथि चिनियाँ सरकारले दमन गरेको भन्दै अमेरिकालगायत पश्चिमा मुलुकहरुले आपत्ति जनाउँदै आएका छन् ।

शिनजियाङमा दमन भएपछि शरणार्थीका रुपमा अफगानिस्तान पुगेका उइगरहरुको संख्या करिब ३ हजार रहेको बताइएको छ । ती मध्येकी एक तुहानले तालिबानको कब्जापछि आफूहरुमाथि ज्यानकै खतरा रहेको सीएनएनसँग बताएकी छन् । उनले आफू र आफ्नो परिवारलाई तालिबानले चीन फर्काइदिएपछि के हुने हो भन्ने चिन्ता लागेको बताएकी छन् ।

तुहानको परिवार शिनजियाङलाई चिनियाँ कम्युनिष्ट पार्टीले कब्जामा लिएपछि ४५ वर्ष पहिला अफगानिस्तान पुगेका थिए । त्यतिबेला काबुललाई एसियाको पेरिस भनिन्थ्यो । तर हाल अफगानिस्तानमा तालिबानको कब्जापछि उइगर मुस्लिम समूदाय तालिबानले चीन फर्काउने संत्रासमा छन् ।

तालिबान र चिनियाँ संस्थापनको सम्बन्ध सुमधुर रहेकाले पनि उनीहरुको त्रास बढेको हो । चीन र अफगानिस्तानको सीमामा चीन विरोधी इस्लामिक धार्मिक समूदाय सक्रिय रहने चिन्ता चीनलाई छ । त्यसैले पनि उसले उइगरहरुलाई अफगानिस्तानबाट फर्काउन तालिबानको सहयोग लिने सम्भावना छ ।

शिनजियाङका उइगरहरुमाथि चिनियाँ कम्युनिष्ट सरकारले दमन गरेको, थुनामा राखेको, मानवअधिकारको उल्लंघन गरेको र जबरजस्ती काममा लगायतको अमेरिकालगायत पश्चिमा मुलुकहरुले आरोप लगाउँदै आएका छन् । एजेन्सी

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : ३९ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का