तालिबानले चीन फर्काइने त्रासमा अफगानिस्तानमा रहेका उइगर | Khabarhub Khabarhub

तालिबानले चीन फर्काइने त्रासमा अफगानिस्तानमा रहेका उइगर


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको सत्तामा तालिबानको कब्जापछि त्यहाँ रहेको उइगर मुस्लिमहरु त्रसित बनेका छन् । उनीहरु डराउनको कारण तालिबानले उनीहरुलाई चीन फर्काइदिन्छ कि भन्ने हो । चीनको शिनजियाङ प्रान्तबाट अफगानिस्तान पुगेका उइगरहरु अहिले त्रसित बनेको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ ।

चीनको शिनजियाङ् प्रान्तका उइगर मुस्लिम समूदायमाथि चिनियाँ सरकारले दमन गरेको भन्दै अमेरिकालगायत पश्चिमा मुलुकहरुले आपत्ति जनाउँदै आएका छन् ।

शिनजियाङमा दमन भएपछि शरणार्थीका रुपमा अफगानिस्तान पुगेका उइगरहरुको संख्या करिब ३ हजार रहेको बताइएको छ । ती मध्येकी एक तुहानले तालिबानको कब्जापछि आफूहरुमाथि ज्यानकै खतरा रहेको सीएनएनसँग बताएकी छन् । उनले आफू र आफ्नो परिवारलाई तालिबानले चीन फर्काइदिएपछि के हुने हो भन्ने चिन्ता लागेको बताएकी छन् ।

तुहानको परिवार शिनजियाङलाई चिनियाँ कम्युनिष्ट पार्टीले कब्जामा लिएपछि ४५ वर्ष पहिला अफगानिस्तान पुगेका थिए । त्यतिबेला काबुललाई एसियाको पेरिस भनिन्थ्यो । तर हाल अफगानिस्तानमा तालिबानको कब्जापछि उइगर मुस्लिम समूदाय तालिबानले चीन फर्काउने संत्रासमा छन् ।

तालिबान र चिनियाँ संस्थापनको सम्बन्ध सुमधुर रहेकाले पनि उनीहरुको त्रास बढेको हो । चीन र अफगानिस्तानको सीमामा चीन विरोधी इस्लामिक धार्मिक समूदाय सक्रिय रहने चिन्ता चीनलाई छ । त्यसैले पनि उसले उइगरहरुलाई अफगानिस्तानबाट फर्काउन तालिबानको सहयोग लिने सम्भावना छ ।

शिनजियाङका उइगरहरुमाथि चिनियाँ कम्युनिष्ट सरकारले दमन गरेको, थुनामा राखेको, मानवअधिकारको उल्लंघन गरेको र जबरजस्ती काममा लगायतको अमेरिकालगायत पश्चिमा मुलुकहरुले आरोप लगाउँदै आएका छन् । एजेन्सी

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : ३९ बजे

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले

लेखराज भट्टले भने : एमालेमा गुटबन्दी अन्त्य हुनुपर्छ

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना