सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा नेकपा एस ठूलो, थप तीनजनाले गरे सनाखत | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा नेकपा एस ठूलो, थप तीनजनाले गरे सनाखत


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समावादी) नेकपा एस एमालेभन्दा ठूलो बनेको छ । आइतबार थप ३ जना सांसदले नेकपा एस रोज्दै सनाखत गरेपछि एमालेभन्दा नेकपा एस ठूलो पार्टी बनेको हो ।

आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले नेकपा एस रोजेको प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन् ।

यसअघि १० जना सांसदले नेकपा एस रोजेका थिए । प्रदेश सभामा एमालेका २५ सांसद थिए । अब एमालेमा १२ जना सांसद रहेका छन् भने नेकपा एसमा १३ सांसद भएका छन् ।

माधवकुमार नेपालको अगुवाइमा नेकपा एमाले विभाजन भएर नेकपा एस गठन भएको थियो । नेकपा एसले बैधता पाएपछि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको थियो । सोही व्यवस्था अनुसार सांसदहरु निर्वाचन कार्यालय पुगेर सनाखत गरिरहेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एस ७ मध्ये २ वटा प्रदेशमा एमालेभन्दा ठूलो दल बनेको छ । प्रदेश नम्बर २ मा पनि आइतबार थप दुईजना सांसदले नेकपा एस रोजेका छन् । प्रदेश दुईमा एमालेका २० सांसद रहेकोमा १३ जना सांसद नेकपा एसमा लागेका छन् । एमाले ७ सिटमा खुम्चिदा नेकपा एसको भने १३ सिट पुगेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ४ : २५ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले