नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु (लाइभ) « Khabarhub

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको छ । खेल अपरान्ह ५:३० बजेबाट शुरु भएको हो ।

आजको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा  दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठलाई डिफेन्डरमा उतारेका छन् ।

यसैगरी मिडफिल्डरमा  पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा रहेका छन् भने फरवार्ड  मनिष डाँगी, आयुष घलान, आशिष लामा रहेका छन् ।  नेपाली टोलीको कप्तानी समेत सम्हालेका किरणले गोलकिपरमा छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । आजको खेलमा दुबै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

हेरौँ लाइभ

नेपाली टोलीमा को को ?

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : २५ बजे

अलविदा निम्सदाई !

काठमाडौं- वर्तमान पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता