अछामका १२ जनप्रतिनिधिले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत « Khabarhub

अछामका १२ जनप्रतिनिधिले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा हालसम्म १२ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन कार्यालय पुगेर आइतबारसम्म एक नगरप्रमुख, एक उपप्रमुख, एक वडा अध्यक्ष र नौ जना वडा सदस्य गरी १२ जनाले समाजवादीमा सनाखत गरेका हुन् ।

साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्षले समाजवादीमा सनाखत गरेका हुन् । ‘अहिलेसम्म १२ जनाले समाजवादीमा सनाखत गर्नुभएको छ’, निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारुले भने । माधवकुमार नेपालको नेतृत्वमा जाने अधिकांश जनप्रतिनिधि वडा सदस्य रहेका छन् ।

साँफेबगर नगरपालिकामा एमालेबाट विजयी आठ वटै वडा अध्यक्षहरूले भने मूल पार्टीमै रहेको भन्दै शुक्रबार विज्ञप्ति प्रकाशित गरिसकेका छन् ।
अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी नेकपा एमालेमै रहेका छन् ।

राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा एमाले अछाम–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले नेकपा समाजवादी रोजिसकेक छन् । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका