भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित | Khabarhub Khabarhub

भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार अपराह्न भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

भारतको जितका लागि कप्तान सुनिल क्षेत्री र फारुख चौधरीले गोल गरेका हुन् । नेपालमा तेज तामाङले जवाफी एक गोल फर्काए ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपाली खेलाडीहरुले राम्रा अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन् । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा भारत लयमा फर्किएको थियो ।

खेलको ६१ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाएका थिए । त्यसैगरी खेलको ८० औँ मिनेट भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८६ औँ मिनेटमा नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । योसँगै नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले घरेलु मैदानमा भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको हो । गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : २९ बजे

उस्तै मुद्दामा एमालेका ऐनलाई छाडेको भोलिपल्ट रास्वपाका अरनिको हिरासततिर

काठमाडौँ– बुधबार दुईजना चर्चित नेताहरू पक्राउ परेर । पहिलो थिए

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं– आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

मलेखु– कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक