पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी « Khabarhub

पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् ।

विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो ।

तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तालिबान विद्रोहीहरूले पान्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन् ।

दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ । त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको जनाइएको छ ।

पान्जशिर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो भएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् ।

भिडन्तका क्रममा पान्जशिरमा कैयौँको मृत्यु पनि भएको र कैयौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । तर पूरा विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : ५९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी