भारी वर्षाले धोबी खोलामा बाढी, आसपासका क्षेत्रमा डुबान (फोटोफिचर) « Khabarhub

भारी वर्षाले धोबी खोलामा बाढी, आसपासका क्षेत्रमा डुबान (फोटोफिचर)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गएरातिदेखि परेको भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ । वर्षाका कारण पानी निकास नहुँदा सो क्षेत्रमा डुबान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी पसेको छ ।

निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको थियो । केही घरमा समेत पानी पसेपछि त्यहाँका मानिसको विचल्ली बनेको छ । खोला किनाराका सडकमा पानी जमेपछि विहानैबाट सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।

 

धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइए पनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुबानमा पर्दै आएको छ । यसैबीच पुतली सडक क्षेत्रमा पनि डुबान भएको छ ।

गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोला लगायतमा ठूलो बाढी आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : ५० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी