बेलको ह्याट्रिकमा वेल्सको जित « Khabarhub

बेलको ह्याट्रिकमा वेल्सको जित


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान ग्यारेथ बेलले ह्याट्रिक गरेपछि फिफा विश्वकप छनोटमा वेल्सले बेलारुसलाई पराजित गरेको छ ।

आइतबार भएको युरोपियन छनोटमा वेल्सले बेलारुसलाई ३-२ गोलले पराजित गरेको हो ।

बेलारुसको घरेलु मैदानमा बेलले सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

२९औँ मिनेटमा भिटली लिसाकोभिचले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३१औँ मिनेटमा पाभेल सेडकोले गोल गरेपछि घरेलु टिमले २-१ को अग्रता लियो । तर,खेलको ६९औँ मिनेटमा बेलले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्ज्युरी समयमा बेलले ह्याट्रिक पूरा गर्दै वेल्सलाई ३-२ को रोमान्चक जित दिलाए । जितसँगै वेल्सले ३ खेलमा ६ अंक जोडेको छ । वेल्स समूह ई को तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ३० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित