नेकपा एकताको एक वर्षमा सचिवालय तहमै लिखित फरक मतदेखि प्रवक्ताको राजीनामासम्म « Khabarhub

नेकपा एकताको एक वर्षमा सचिवालय तहमै लिखित फरक मतदेखि प्रवक्ताको राजीनामासम्म


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ। केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो।उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ। उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए। हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको नयाँ पत्रिकामा खबर छ।

अफ्रिकाका विभिन्न देशमा सयौँ संख्यामा नेपाली युवतीको तस्करी गरिएको छ। खासगरी केन्या र युगान्डाका डान्सबारबाट विगतमा पनि त्यहाँको प्रहरीले नेपाली युवतीको पटक–पटक उद्धार गरिसकेको छ। गत वर्ष केन्याको नैरोबीबाट २१ युवतीको उद्धार गरिएको थियो।

नेकपाका २२ जनसंगठनले पाए नेतृत्व पाए शीर्षकको समाचारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ। बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई १६ र माओवादी पक्षलाई ६ जनसंगठनको नेतृत्व दिएर भागबन्डा टुंग्याएको हो। मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ। एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सहसंयोजक दिइएको छ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मदन–आश्रित स्मृति दिवसका अवसरमा शुक्रबार बिहान तत्कालीन एमाले कार्यालय बल्खुमा आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा सबै जनसंगठनको नेतृत्वको नामावली सार्वजनिक गरिने बताए।

नेकपा एकता : एक वर्ष १२ महिनामा ६ ठूला विवाद शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको शुक्रबार वर्षदिन पुग्दै छ। ३ जेठदेखि ३ जेठसम्म पुग्दा नेकपाले एकताका धेरै काम सकेको छ। तर, पार्टीभित्र एकातिर फरक समूह र उपसमूह थपिँदै छन्, अर्कोतिर शीर्ष तहमै विवादहरू दोहोरिइरहेका छन्। एक वर्षमा नेकपाको सचिवालय तहमै ठूल्ठूला छ वटा विवादहरू सतहमा आए। नेकपाले यसबीचमा जिल्ला तह, पोलिटब्युरो संख्या र सदस्य, विभिन्न भ्रातृसंगठनबीच एकता टुंग्याएको छ। तर, पार्टी घोषणाको १२ महिनामा वरीयता विवाददेखि राजीनामा प्रकरणसम्म सतहमा आए।

विवाद प्रकरण यस्ता छन् :
वरीयतामा विवाद खनाल र नेपालको निरन्तर असन्तुष्टि
प्रवक्ताको राजीनामा गोविन्द केसीको अनशनमा नारायणकाजीको फरक मत
वामदेवको लिखित फरक मत चुनाव लड्ने गौतमको चाहनामा अवरोध
भेनेजुएला प्रकरणअध्यक्ष प्रचण्डको विवादित वक्तव्य
होली वाइन प्रकरण विवादित संस्थाको सम्मानको आलोचना
सिकेसँग सहमति र विप्लवमाथि प्रतिबन्धबैठक नबसी निर्णय गरेकोमा आलोचना

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ७ : ११ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर