सन्ध्या र युवराजको ‘मेरी माया आउँदैछिन्’ | Khabarhub Khabarhub

सन्ध्या र युवराजको ‘मेरी माया आउँदैछिन्’


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सन्ध्या डि र गायक युवराज चौलागाईंको स्वर रहेको गीत ‘मेरी माया आउँदै छिन्’को भिडियो सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएकी सन्ध्याको यो पहिलो गीत हो । गीतमा उनकै शब्द र संगीत छ ।

झम्सिखेल, ललितपुरकी स्थायी वासिन्दा सन्ध्याले नेपालमा छँदा आफू अध्ययनरत विद्यालय तथा रेडियो नेपालको बाल कार्यक्रममा गएर समेत गीत गाएकी थिइन् ।

ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा टिकटकका स्थापित अनुहार पुरुषोत्तम सिग्देल, सुजान श्रेष्ठ, सब्बु तथा सिर्जना फिचर्ड छन् ।

गीतका एरेञ्जर राजन इशान हुन् भने राजकुमार बगरको मिक्सिङ र मास्टरिङ छ ।

रामेश्वर जिरेलको छायांकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र कमल योञ्जनको निर्देशन छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : १३ बजे

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू

काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला

झापाबाट ९२ जना थुनुवा फरार

झापा– ‘जेन-जी’ प्रदर्शनका क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट

पोखरामा आज साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११

जेन-जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद

काठमाडौँ – आफूलाई जेन-जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ