संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या « Khabarhub

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।

सोमबार बिहान प्रहरीमा घटनाबारे जानकारी आएको डीएसपी सुबेदीले खबरहबलाई फोनमा बताए । उनले जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार ५८ वर्षिय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको छ ।

डीएसपी सुवेदीका अनुसार घटनास्थल नजिकैको प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । जिल्लाबाट गएको प्रहरी सोमबार अपरान्हसम्म घटनास्थल पुग्नेछ । घटनाबारे थप विवरणहरु प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : ०९ बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित