वर्षाका कारण काठमाडौँ उपत्यकामा कहाँ कति क्षति भयो ? « Khabarhub

वर्षाका कारण काठमाडौँ उपत्यकामा कहाँ कति क्षति भयो ?


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । डुबानमा परेका ३०१ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण ठूलो भौतिक तथा मानवीय क्षति नभए पनि विभिन्न खोला छेउछाउमा रहेका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका सूचना अधिकारी सुशिल सिंह राठौरले वर्षाका कारण उपत्यकाका धेरै ठाउँ डुबानमा परेको बताए।

उनका अनुसार बागमती, विष्णुमति, धोबी खोला, मनहोरा खोला, शंखमुल, समाखुसी, टंकेश्वर, भक्तपुरको नरेफाँट, जोरपाटी तरकारी बजार, बल्खु तरकारी बजार लगायतका स्थान डुबानमा परेका छन् । उपत्यकाका करिब ३८५ घर डुबानमा परेको उनले जानकारी दिए ।

काठमाडौँ जिल्लाको विभिन्न स्थामा डुबानमा परेका २३२ जनालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको उनले बताए ।

भक्तपुर जिल्ला ५४ जना र ललितपुर जिल्लामा बाढीमा फसेका १५ जनालाई सुरक्षित स्थानमा सारिएका उनले जानकारी दिए ।

उद्धार गरिएका धेरै जसोलाई सम्बन्धित वडा कार्यालय भवन, खुल्ला चौर लगायतका स्थानमा राखिएको उनले बताए । वर्षाका कारण खोला छेउछाउमा रहेका सुकुम्बासी बस्ती बढी प्रभावित भएको छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : २८ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार