१४ महिनादेखि तलब नपाएपछि सपरिवार आमरण अनशनमा « Khabarhub

१४ महिनादेखि तलब नपाएपछि सपरिवार आमरण अनशनमा


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको शिवनाथका शिक्षक करण राना १४ महिनासम्मको तलब नपाएपछि परिवारसहित आमरण अनशनमा बसेका छन् । राना परिवार आइतबारदेखि जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडि अनशन बसेकाे छ ।

शिवनाथ गाउँपालिका ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ वर्ष अघि गाउँबाट विस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् । तर, उनले गत १४ महिनासम्मको तलब पाएका छैनन् ।

रानाले जिल्ला शिक्षा समितिबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको बिद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरे । तर, दुई वर्षअघि नै प्रक्रिया पूरा गरे पनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन ।

‘मैले पहिला काम गर्दै आएको विद्यालय रहेको शिवनाथ गाउँपालिकाबाट तलव लिन खोज्दा सरुवाका लागि स्वीकृति दिइसक्यौँ भन्छन् । यता पदस्थापन भएको छैन । मैले अहिले काम गरिरहेको विद्यालयमा मलाई अटाउने दरबन्दीसमेत खाली छ । तर, पदस्थापन गरिदिएको छैन । म अहिले घका न घाटको भएको छुँ । त्यसैले अब मरे पनि अनशनमै मरौँला भनेर सपरिवार अनशन बसेका हौँ’, पीडित रानाले भने ।

करण रानाको पदस्थापनका लागि जिल्ला शिक्षा समितिले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेकाले राना श्रीमती र चार छोराछोरीसहित आइतबारदेखि अनशनमा बसेका हुन् ।

उनको माग सम्बोधनका लागि पहल गरिरहेको शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए ।

‘उहाँको मागका विषयमा मैले जिल्ला शिक्षा समिति, दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकासँग कुरा गरेको छु । पुरानै विद्यालयमा गएर उहाँ काम नगर्ने, यता सुरुवा गर्न पहल गर्दा टुंगो लागेको छैन । हामी प्रयासरत छौँ, केही दिनमा विकल्प निकाल्छौँ’, उनले भने ।

आफ्नो गाउँ शिवनाथ ६ कानलीमै गएर बस्न सक्ने र पुरानै बिद्यालयमा अध्यापन गराउन सक्ने अवस्था नरहेको पीडित राना बताउँछन् । ज्यानमार्ने धम्की आएपछि उनी परिवारसहित विस्थासपित भएका हुन् । न्यूज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : २० बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान