६७५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

६७५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५१२ कोरोना संक्रमितको आईसीयूमा र १६३ को भेन्टिलेटरमा गरी कुल ६७५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७४ जना आईसीयूमा र ३४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३ जना आइसीयूमा, बागमती प्रदेशमा २९७ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ४६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ८ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : १५ बजे

गोंगबुमा भेटियो चार करोड २५ लाख नगद र नौ किलो सुन: एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।