‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापनाको घोषणा « Khabarhub

‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापनाको घोषणा


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विश्वेश्वरप्रसाद कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आज भएको बैठकले कोइरालाको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । नेपालको लोकतन्त्र स्थापनाका लागि आजीवन र अनवरत सङ्घर्षरत् प्रजातान्त्रिक योद्धा स्व कोइरालाका नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बीपी कोइराला नेपाली राजनीति र साहित्यिक क्षेत्रमा चर्चित नाम हो । उनी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुन् ।  विसं १९७१ भदौ २४ मा भारतको बनारसमा जन्मनुभएका स्व कोइरालाले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी विसं २०१६ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए ।

नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व लिएका उनलाई नेपालका सबैजसो नेताले राजनीतिक गुरुका रूपमा चित्रण गर्ने गरेका छन् । नेपाली राजनीति तथा साहित्यमा उल्लेख्य योगदान गरेको कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ०१ बजे

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य